• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिरा जोशीको सेक्रेट इनगेजमेन्ट



काठमाडौं । गायिका इन्दिरा जोशीले सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइए छन् । फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका हुन् । 

केही महीना पहिले उनले आफू कसैसँगको प्रेममा रहेको बताएकी थिइन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको छ। उक्त भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले मुस्कुराउँदै स्वीकार गरेकी छिन् ।

इन्दिराले भने इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको बताएकी छिन् ।