• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौं महानगरपालिकाः बालेन १० हजार ८९९, स्थापित ५ हजार ८४१



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ८९९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार साह ५०५८ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।

स्थापितले हालसम्म ५ हजार ८४१ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ५ हजार ११४ मत प्राप्त भएको छ ।