• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

डा बाबुरामको ट्वीटः जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्



बाबुराम भट्टराइ ( फाइल फोटो)

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनु भएको छ ।

काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता लिइरहेको तर्फ संकेत गर्दै उहाँले आज गर्नु भएको ट्वीटमा भन्नु भएको छ, ‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ – जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् ।’

उहाँले अगाडि भन्नु भएको छ, ‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् । दुःखद कुरा विकल्प पनि छैन ।’

देशभर मतगणनाको कार्य जारी छ । यद्यपी दलहरूकै प्रतिनिधिहरूले अधिकांश स्थानमा विजय हासिल गरिरहेका छन् ।