२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याउनुभएको छ । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुनुहुन्छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ ।

धर्मदेवी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्दी कांग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याउनुभएको छ । पौडेल यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो ।

उपप्रमुखमा कांग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याउनुभएको छ । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख कांग्रेसले जितेको थियो ।