५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

क्रिकेट मैदानको समस्या

क्रिकेट मैदानको समस्या
अ+ अ-

काठमाडौं । त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन ।

जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो । त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरु खेल्ने एकमात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगती गरिरहेको छ । तर अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन् । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन् ।

नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन् । तर पनि सरकार यसबारेमा लाचार देखिन्छ । नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० बाट एशोसिएट सदस्यता पाएको थियो । अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ ।

नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने  टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताउनुभयो । उहाँले एउटै क्रिकेट पिचमा खेल्दा एक,दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिनुभयो । एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उहाँले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताउनुभयो । उहाँले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा  त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड यही एउटा मात्रै भयो, यसको विकल्पमा अरु ग्राउण्डहरु पनि छैन,यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए, टुर्नामेण्ट गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो, इपीएलको लागि तयारी लगभग सकिएको छ, १५÷२० दिन अघिदेखि तयारी शुरु भयो, टी २० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ, एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ, १० दिनको म्याच भए ३ वटा विकेट, ५ दिनको भए दुईवटाले पनि धान्न सकिन्छ, एउटा मात्रै पिच भए शुरुका केही म्याच राम्रो हुन्छन्, त्यसपछि बल बाउन्स हुने लगाउतका समस्या देखापर्छ, गर्मीमा जाडोमा भन्दा राम्रो हुन्छ, जाडोमा मैदान धेरै चिसो हुँदा घाँसहरुको मुना मर्छन्, तर गर्मीमा पिच चाँडो सुक्छ, एउटा म्याच खेलिसकेपछि पिचमा एकमहिनासम्म खेल्नको लागि सहज र त्यति उपयुक्त मानिँदैन, सकेसम्म एक म्याच खेलेपछि एकमहिना सम्म मैदानलाई आराम गर्नदिनुपर्छ, तर नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, जसकारण मैदानले आराम नै पाउँदैन ।’

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ, इपीएलको लागि मैदान तयार भइसकेको छ । पिच २२ गजको हुनेगर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्, यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टीमको रणनीतिलाई प्रभावित बनाउँछ । नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो । सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।