• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित

सल्यानको कपुरकोटको अध्यक्षमा एकीकृत समाजवादी विजयी



सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ ।

पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई पराजित गर्नु भएको थियो । सेनले ३ हजार १६० मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी भीमबहादुरले २ हजार ९३६ मत प्राप्त गर्नु भयो । तेस्रो भएका नेपाली कांग्रेसका विष्णुप्रसाद शर्माले १ हजार ५७२ मत ल्याउनु भयो ।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी हुनु भएको छ । भरारीले ३ हजार २४० मत ल्याउनु भएको थियो भने भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी भीमा बुढाथोकीले २ हजार ७४५ मत प्राप्त गर्नु भएको थियो ।

यो पालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।