८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दीपकराज जोशीको गृहमन्त्री खाणलाई प्रश्न– तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा कस कसको हकमा लागु हुने हो ?

दीपकराज जोशीको गृहमन्त्री खाणलाई प्रश्न– तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा कस कसको हकमा लागु हुने हो ?
अ+ अ-

निर्वाचन मतदानका दिन आफ्नो हत्या प्रयास हु्ँदासम्म सरकारले सुरक्षा उपलब्ध गराउन नसकेकामा तनहुँको व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीले गृहमन्त्री बालकृष्ण खाणमाथि आक्रोश व्यक्त गरेका छन् ।

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका जोशीलाई दमौलीमा सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको थियो ।

व्यास–८ रिस्ती नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा पनि हो । कांग्रेसको साधारण सदस्यसमेत नरहेनी गरी काराबाहीमा परेका पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा (एमाले) सँग तालमेल गरेर मेयर पदमा उम्मेदवारी दिएको थियो । घाइते जोशी गोविन्दराजका छोरा हुन् ।

पोखराको फन्टलाईन अस्पतालको आईसीयुबाट गृहमन्त्री खाँडलाई सामाजिक सञ्जालमार्फत पत्र लेख्दै जोशीले भनेका छन्, “रामचन्द्र पौडेलको गाँउमा मेरो हत्या प्रयास हुँदासम्म न त त्यो रोकियो, न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो। उल्टो सिडिओ, पुलिसलगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मत पत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो‌।”

एउटा स्वतन्त्र उम्मेदवारका हैसियतले आफूले चुनाव जित्दैमा या हार्दैमा कुनै फरक पर्ने थिएन भन्दै उनले सम्पुर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गए सरह उक्त बुथमा अर्थात् (व्यास नगरपालिकाको रिस्तीमा) पनि सामान्य तवरले नै उपस्थिति जनाउन मात्र गएको उनले बताएका छन् ।

झगडाकै मनसायले गएको भए आइलाग्ने माथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला भन्दै उनले भनेका छन्, “त्यहाँ पुगेर पनि मैले भनेको यति मात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ। यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ ? स्पष्ट पारिदिनु भयो भने त्यहीअनुसारको अनुसरण गर्दै जान्छन् जनताले। होइन भने जायज कुरा बोल्ने बितिकै कुटपिट गर्ने र ज्यान मार्ने योजनासहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?”

आफूलाई थुप्रै बेथितिले पोलेको हुनाले राजनीतिमा उदाउँदो तारा भएर होमिएको उल्लेख गर्दै उनले भनेका छन्, “हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै बिषय हो। तर यदि म त्यहाँ पुगेँ भने, त्यो समय सम्म तपाईं पुर्व गृहमन्त्री बनिसक्नु हुनेछ। त्यो बेला आज जस्तो घटना हुने छैनन्। तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन। तपाईंका छोरी चेली बलात्कारको शिकार हुने छैनन्। तपाईंका छोरा नातिको हत्या प्रायस हुने छैन। यो ग्यारेन्टी मेरो भयो।”

“कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसके पश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ। न कि पार्टीको। तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्वभित्र के तपाईंले टेकेर माथि पुगेको जमिन मात्रै हो ? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा कस कसको हकमा लागु हुने हो प्रष्ट पारिदिनु भयो भने मलगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ।” पत्रमा उनले भनेका छन् ।

“जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाक बाहेक केही होइन। हो हदै सम्मको हिप्पोक्र्यासी हो‌”, जोशीले भनेका छन् ।

जोशीले गृहमन्त्री खाणलाई लेखेको पत्र यस्तो छ :

आदरणीय बालकृष्ण दाइ
तपाईं सन्चै हुनुहुन्छ होला। तर म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर १ मा छु। तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन। किनकी मैले तपाईंलाई दाइको नाताले चिनेको हुँ र गृहमन्त्रीत्री भनेर सम्बोधन गर्दा दाइको नाता फितलो हुन्छ जस्तो लाग्यो। र अर्को कुरा शायद तपाईं दाइ नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोशिस गर्नुहुन्थ्यो होला, तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ। म शायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईंलाई यो पत्र लेख्न सक्षम नै छु। मैले राजनीतिमा प्रवेश गर्नुमा तपाईंको ठुलो हात छ। किनकी एउटा स्वच्छ छवि भएको राजनितिज्ञ भनेर मैले सम्झने नामहरुमा तपाईंको नाम सदैव आउँथ्यो। तर आज दाइको राजनीति अलि फरक भएको महसुस गरेको छु।
यो तपाईंले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यहि व्यवस्थामा तपाईंको भाइ मात्र नभएर एउटा स्वतन्त्ररुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ। जुन कुरा कतिको जायज हो ? कतिको न्यायोचित हो र कतिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो ? तपाईं आफैँ बुझ्नुहुन्छ।
रामचन्द्र पौडेलको गाँउमा मेरो हत्या प्रयास हुँदासम्म न त त्यो रोकियो, न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो। उल्टो सिडिओ, पुलिसलगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मत पत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो‌।
म एउटा स्वतन्त्र उम्मेदवार न हुँ। के नै फरक पर्थ्यो र मैले चुनाव जित्दैमा या हार्दैमा ? मैले सम्पुर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गए सरह उक्त बुथमा अर्थात् (व्यास नगरपालिकाको रिस्तीमा) पनि सामान्य तवरले नै उपस्थिति जनाउन मात्र गएको थिएँ। झगडा कै मनसायले गएको भए आइलाग्ने माथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला। हुन त म बदलामा विश्वास नगर्ने मान्छे हुँ तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला। त्यहाँ पुगेर पनि मैले भनेको यति मात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ।
यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ ? स्पष्ट पारिदिनु भयो भने त्यही अनुसारको अनुसरण गर्दै जान्छन् जनताले। होइन भने जायज कुरा बोल्ने बितिकै कुटपिट गर्ने र ज्यान मार्ने योजनासहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?
दाइ एउटा कुरामा ढुक्क हुनुस्। म यस कारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ कि मलाई थुप्रै बेथितिले पोलेको छ। हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै विषय हो। तर यदि म त्यहाँ पुगेँ भने, त्यो समयसम्म तपाईं पूर्वगृहमन्त्री बनिसक्नु हुनेछ। त्यो बेला आज जस्तो घटना हुने छैनन्। तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन।तपाईंका छोरी चेली बलात्कारको शिकार हुने छैनन्। तपाईंका छोरा नातिको हत्या प्रायस हुने छैन। यो ग्यारेन्टी मेरो भयो। जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाक बाहेक केही होइन। हो हदै सम्मको हिप्पोक्र्यासी हो‌।
तपाईं सक्षम गृहमन्त्री बन्न सक्नुभयो या भएन, इतिहासले बताउने छ । तर दाइ तपाईं एउटा असल दाइ बन्न सक्नुभएन। भाइको रक्षा गर्न सक्नुभएन। हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ। कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला।
यतिबेला मेरो स्वास्थ्य अवस्था ठिक छैन, मेरो देशका धरै दाजुभाइको स्वास्थ्य ठिक छैन‌। तर पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु।
दाइ तपाईंलाई तपाईंका बा–आमाले बालकृष्ण भनेर नाम दिनुभयो । कृष्णले त केवल मखन चोरेका थिए। बाँकी त उनले जे गरे लोक कल्याणकारी काम नै गरे। तर तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईंकै पार्टीका मान्छेले एउटा वृद्ध बा आमाको कोख रित्याउने प्रयास गर्दासमेत तपाईं कुन मुटु लिएर आनन्दले निदाएर बस्नु भएको थियो ? जवाफ दिन सक्नुहुन्छ ?
मलाई तपाईंप्रति कुनै आग्रह पूर्वाग्रह छैन र रहँदैन पनि, तर यतिबेला मभित्र यति धेरै प्रश्नहरु सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु।
कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसके पश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ। न कि पार्टीको। तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्वभित्र के तपाईंले टेकेर माथि पुगेको जमिन मात्रै हो ? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा कस कसको हकमा लागु हुने हो प्रष्ट पारिदिनु भयो भने मलगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ।
उही तपाईंलाई दाई सम्बोधन गर्ने
दीपकराज जोशी
व्यास नगरपालिका तनहुँ।