२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाको क्लिनस्वीप



अ+ अ-

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसा पार्टी (नेमकिपा) ले क्लिनस्वीप गरेको छ । सो नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेमकिपाका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै दोहोरिएका छन् । उनले अत्यधिक मतसहित विजय हासिल गरेका हुन् । प्रजापतिले २९ हजार २०० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद कासुलाले तीन हजार ३५२ मत मात्रै पाएका छन् ।

मेयर पदमा नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बद्री लाखाजुले एक जहार १३८, नेकपा (माओवादी केन्द्र) का तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टी (जसपा) का राजाराम ढुकुछुले १२१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि नेकमकिपाकै रजनी जोशीले जित हासिल गरेकी छन् । उनले २९ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले दुई हजार ७८४ मत पाएकी छन् । त्यस्तै उपमेयर पदका लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का ओमचरण अमात्यले एक हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले एक हजार १८० पाएका छन् ।




भर्खरै