• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

भरतपुरमा सुवेदीको अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३७ मतले अग्रता कायम गरेका छन् । उनले चार हजार १८१ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेनु दाहालले चार हजार १४४ मत प्राप्त गरेकी छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार ७५३ मत ल्याएका छन् । उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।