२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता



अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाउनुभएको छ । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएको थियो । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले २६८ मत पाउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागार्इँले एक हजार ७८८ मत पाउनुभएको छ । समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहनुभएको छ । नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाउनुभएको छ ।

वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी

नगरपालिकाको ९ नं. वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले एक हजार ५०२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसक्नुभएको छ । उहाँले एक हजार ७०७ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाउनुभएको निर्वाचन कार्यालय जनाएको छ । अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।




भर्खरै