२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता



अ+ अ-

ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ ।

एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ ।

पालिका उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरेले दुई हजार ६३९ र नेकपा एमालेकी उम्मेदवार रणिता तामाङले एक हजार ८३८ मत पाउनुभएको छ । हालसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भएकामा दुईमा नेपाली काङ्ग्रेस, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार बिजयी हुनुभएको हो ।

वडा नम्वर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नं २ सङ्खुमा नेकपा एमालेका रोहन लामा, वडा नं ३ दलचोकीमा तिलक बोम्जन र वडा नम्वर ४ नल्लुमा तीर्थ घलान बिजयी हुनुभएको छ । हाल वडा नं ५ भारदेउमा मतगणना जारी छ ।