९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमान अवतरण



अ+ अ-

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको विमान अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको पहिलो विमान आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको विमान ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेवानिले काठमाडौंबाट व्यावसायिक उडान गरेको हो । जजिराको विमान भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसअघि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गरिसकेको छ ।