६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गोकर्णेश्वरमा एमालेको अग्रता कायमै

गोकर्णेश्वरमा एमालेको अग्रता कायमै
अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाउनुभएको छ । नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ । वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ । अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ । नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो । स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो ।