२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गर्नुभएको छ । वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का हरिश विष्टले ३८४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।