९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ जनालाई नइ पुरस्कार



अ+ अ-

काठमाडौ. । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी श्री भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेका छन् ।

साथै मिस नेवा सुश्री कृसा महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।