५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ जनालाई नइ पुरस्कार



अ+ अ-

काठमाडौ. । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी श्री भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेका छन् ।

साथै मिस नेवा सुश्री कृसा महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।