२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको छ ।

वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी हुनुभएको छ । १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रले अग्रता लिएका छन् ।

त्यस्तै प्रमुखमा एमालेका सुरत केसीले एक हजार ६१६, गठबन्धनबाट कांग्रेसका चिरञ्जिवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाउनुभएको छ ।