• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता



कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्रजार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ । दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो ।

वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।