६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मतगणना जारी



अ+ अ-

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ ।

हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने थाहा नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्णरुपमा सम्पन्न भइसकेको छ । तीमध्ये आठ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिन सफल भएको छ ।

कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नं १ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नं २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरि गाउँपालिका वडा नं १ मा शिवप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नं १ मा आइत सिंह लो, मकवानपुरगढी– ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमशः सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृतिलाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिङतान, बकैया–१ मा आषिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, मनहरी–२ मा राजकुमार पाख्रीन र बागमती–१ मा यहुन्ना राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्यबहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित हुनुभएको छ । सबै पालिकामा अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।