२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मतगणना जारी



अ+ अ-

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ ।

हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने थाहा नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्णरुपमा सम्पन्न भइसकेको छ । तीमध्ये आठ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिन सफल भएको छ ।

कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नं १ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नं २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरि गाउँपालिका वडा नं १ मा शिवप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नं १ मा आइत सिंह लो, मकवानपुरगढी– ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमशः सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृतिलाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिङतान, बकैया–१ मा आषिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, मनहरी–२ मा राजकुमार पाख्रीन र बागमती–१ मा यहुन्ना राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्यबहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित हुनुभएको छ । सबै पालिकामा अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।