२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै



अ+ अ-

कलैया । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले)को अग्रता कायमै छ ।

जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीको २ हजार ४२० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह एक हजार २६८ तथा उपप्रमुममा लोसपाकै बिपी मोक्तानले उक हजार १७२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्र १५५ मत ल्याउनुभएको हो ।

त्यसैगरी कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा एक हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले एक हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राययादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।