२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगर–१ मा गठबन्धन विजयी



Nepali Congress
अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उहाँले उक्त वडामा १२१ मतले अग्रता लिनुभएको हो । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाउनुभएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।