३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य
अ+ अ-

रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना कोरेका थिए । त्यसलाई पन्ध्र वर्षभित्र दुई चरणमा पूरा गर्ने लक्ष्य राखिए पनि सरकारी बेवास्ताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन । ढिलै भए पनि गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चितप्रायः छ ।

लुम्बिनी अन्तरराष्ट्रिय पर्यटकीयस्थलका रुपमा तयार हुनु र झण्डै २० किलोमिटर नजिकै अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनुले यस क्षेत्रको भविष्यलाई अझ उज्ज्वल बन्ने सङ्केत देखिएको बौद्ध अध्येता वसन्त महर्जन बताउनुहुन्छ । “लुम्बिनी गुरुयोजना समयमै सम्पन्न भएको भए पर्यटन प्रवद्र्धनमा फड्को माथ्र्यो तर ढिलो भए पनि सम्पन्न हुने चरणमा छ, यो सुखद् कुरा हो”, लेखक महर्जन भन्नुहुन्छ, “यस क्षेत्रको प्रवद्र्धन गरी आर्थिक लाभ लिन नेपाल र भारतका बौद्ध क्षेत्रसँग जोडेर विकास गर्नुपर्छ ।”

लुम्बिनी घुम्न आउने लाखाँंै बौद्ध पर्यटकले बौद्ध संस्कारानुसार लुम्बिनी घुम्ने विधि प्रयोग गरे पनि उनीहरू यहाँं जम्मा तीन दिन मात्र बास बस्छन् । पहिलो दिन लुम्बिनी ग्राम क्षेत्रमा रात बिताएर पवित्र आध्यात्मिक क्षेत्र प्रवेशका लागि मानसिक र शारीरि रूपमा तयार रहने, दोस्रो दिन सांस्कृतिक क्षेत्रमा चित्त शुद्ध गर्ने र तेस्रो दिन मात्रै मायादेवी मन्दिरको दर्शन गर्नुपर्ने विधि गुरुयोजनामा छ ।

एक हजार १५५ बिघा क्षेत्रफललाई तीन दिन लगाएर घुमेपछि पर्यटकले थप समय बिताउने गन्तव्य खोजी गर्नेछन् । त्यसकै लागि लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रमा रहेका कपिलवस्तु र नवलपरासी -बर्दघाट सुस्तापूर्व र पश्चिमका बौद्ध गन्तव्यको विकास गर्नुपर्ने अवधारणा अघि सारेको छ ।

सुस्त गतिमा सम्पन्न हुन थालेको लुम्बिनी गुरुयोजना पूर्णतया सम्पन्न नहुँदै तयारी गरिएको अन्य गन्तव्यको गुरुयोजना निर्माण सफल होला वा नहोला भन्न सकिने अवस्था छैन तथापि एक दिन ती गन्तव्यलाई पनि लुम्बिनीजत्तिकै भव्य बनाउनुपर्ने आवश्यकता रहेको संस्कृतिविद् ड गितु गिरी बताउनुहुन्छ । “विकास कोष लुम्बिनीमा मात्रै केन्द्रित भयो जसले गर्दा बुद्धको जीवनसँग जोडिएका अन्य स्थलहरू ओझेलमा परे”, डा गिरी भन्नुहुन्छ, जबसम्म यी स्थललाई लुम्बिनीसँग जोडेर विकास गरिँदैन, तबसम्म लुम्बिनीको पर्यटन प्रवद्र्धन हँुदैन ।” लुम्बिनीको पर्यटन प्रवद्र्धन गरी यहाँका नागरिकको जीवनस्तर परिवर्तन गर्ने हो भने सबै बौद्ध क्षेत्रलाई संरक्षण, सम्वद्र्धन गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ । “मौसमी बाजा बजाएर मात्रै हुँदैन, सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ, अनि नागरिक समाज र निजी क्षेत्रले साथ दिनुपर्छ”, डा गिरी सुझाव दिनुहुन्छ ।

लुम्बिनी, तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान, सगरहवा, अरौराकोट, देवदह, रामग्रामलगायत बौद्ध क्षेत्रलाई जोडेर विकास गर्न सकिए मात्रै पर्यटन प्रवद्र्धनबाट नेपालले फाइदा लिन सक्ने पर्यटन तथा संस्कृतिविद्को सुझाव छ ।

लुम्बिनी

सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत पवित्र ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक सम्पदा हो जहाँ इपू ६२३ मा राजा शुद्धोधनकी रानी मायादेवीले सिद्धार्थलाई जन्म दिनुभएको थियो । विभिन्न बौद्ध वाङ्मयमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको तथा सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधि हुन थालेको उल्लेख गरिएको छ । ‘लुुंमिनी गाम’ शब्दको पहिलो उल्लेख लुम्बिनीस्थित मौर्य सम्राट् अशोकद्वारा इपू। २४९ मा स्थापित शिलास्तम्भको अभिलेखमा परेको छ । ‘त्रिपिटक’का विभिन्न ग्रन्थमा पनि सो शब्द उल्लेख गरिएको छ । ती ग्रन्थमा सो शब्दको उल्लेख भए पनि अशोकस्तम्भमा रहेको ‘लुंमिनी गाम’ शब्द नै पहिलो उल्लेख हो किनभने बौद्धधर्मका ती ग्रन्थ सम्राट् अशोकपछि मात्र लेखिएको हो भन्ने मान्यता अध्येता महर्जनको छ । सो क्षेत्रमा दुई दर्जनभन्दा बढी बिहार र गुम्बा छन् जसलाई सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो । इपू ११ सय शताब्दीसम्मका महत्वपूर्ण सम्पदा यहाँ छन् । मायादेवी मन्दिर वरिपरि रहेका इँटाका थुप्राहरू चैत्य र विहारका अवशेष हुन् ।

शाक्यमुनि बुद्धको जन्मस्थान भएकै कारण लुम्बिनी भन्नेबित्तिकै मायादेवी मन्दिरको नाम आउँछ । मायादेवी क्षेत्र लुम्बिनीको मुटु हो । सो ठाउँमा पुग्न संसारका बौद्धमार्गी लालायित छन् । विश्वभरका विभिन्न देशबाट बर्सेनि १६ लाखभन्दा बढी तीर्थालु सो पवित्र भूमिमा आउँछन् । मायादेवी मन्दिरमा पुगेर उनीहरू शान्तिको सास फेर्छन् ।

‘रुमिनदेही’ बुद्धको जन्म हुनुभन्दा पहिले एक बगैंँचाका रूपमा परिचित थियो । प्राचीनकालमा लुम्बिनी क्षेत्र स्वतन्त्र कपिलवस्तु राज्यअन्तर्गत थियो । तिलौराकोट दरबार भएका राजा शुद्धोधनको सो राज्यको सिमाना पूर्वमा रोहिणी नदी, पश्चिममा अचिरावती ९हाल दाङ जिल्ला भएर बग्ने राप्ती० नदी, उत्तरमा हिमालय पर्वत ९महाभारत पर्वत शृङ्खला०, पूर्वदक्षिणमा अनोमा नदी र पश्चिम दक्षिणमा कोषल ९हाल भारतको बस्ती जिल्ला० राज्य थियो । कपिलवस्तुको पूर्वमा कोलीय राज्य थियो जसको राजधानी देवदह थियो ।

शुद्धोधनले कोलीय राजकुमारी मायादेवी र प्रजापतिसँग विवाह गरेका थिए । मायादेवीले आफ्नो माइती देवदह जानेक्रममा लुम्बिनीमा बुद्धलाई जन्म दिएकी थिइन् । बुद्धको जन्मस्थल भएकै कारण लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र धार्मिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यहाँ विश्वका बौद्ध उपासकउपासिका गौतम बुद्धप्रति श्रद्धा भक्ति प्रकट गर्न आउने गर्छन् । मायादेवीमा भिक्षुभिक्षुणीका साथै उपासकउपासिकाले दीप प्रज्वलन गर्ने, ध्यान गर्ने, मन्त्र तथा सुत्त पाठ गर्ने गर्छन् ।

तिलौराकोट

लुम्बिनीदेखि करिब २८ किमीको दूरीमा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट छ । यस क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गर्ने तयारी छ । त्यसका लागि लुम्बिनी विकास कोषले यही जेठ ३ र ४ गते यहाँ तिलौराकोट सम्मेलन गर्दै छ । सम्मेलनमा नेपाल तथा विभिन्न देशका विज्ञको सहभागिता रहने पुरातत्त्व विभागका निमित्त वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेती बताउनुहुन्छ । सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले विभागले पटक पटक दुर्हाम विश्वविद्यालय बेलायत, सङ्घीय सरकार र विज्ञको संलग्नतामा लुम्बिनी उत्खनन गरेको थियो । आवश्यक प्रमाण स¬ङ्कलन भइसकेकाले छिट्टै सो क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने उप्रेतीको भनाइ छ ।

महत्त्वपूर्णस्थल भएर पनि लुम्बिनी आउने अधिकांश पर्यटक सो पवित्र स्थानमा पुगेका हुँदैनन् । यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार छैनन् जसले गर्दा त्यहाँ पुग्ने पर्यटक पनि निरास भएर फर्कने गरेका छन् । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्यमा रहेको राजप्रासाद अवलोकन गरी फर्कने गरेका छन् । तिलौराकोट दरबारबाट सात सय मिटरको दूरीमा धमनिहवा स्तूप छ । शुद्धोदन र मायादेवीको समाधिस्थल रहेको सो स्तूपबारे धेरैलाई थाहै छैन ।

गोटिहवा

तिलौराकोटबाट सात किमी दूरीमा नेपालमै जन्मेका क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा छ । सो स्थानमा भाँचिएको अशोकस्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यहाँ लुम्बिनी प्रदेश सरकारले क्रकुछन्दको मूर्ति स्थापना गरे पनि उचित प्रचारप्रसार नहुँदा यहाँ पर्यटक पुग्ने गरेका छैनन् । यहाँ पुग्न पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक गतिविधि गर्ने पूर्वाधार नहुँदा आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् ।

निग्लिहवा

नेपालमै जन्मेका अर्का बुद्ध कनकमुनिको जन्मस्थान निग्लिहवा तिलौराकोटदेखि नौ किमी दूरीमा पर्छ । यहाँ भाँचिएका अशोकस्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण गरिएको शिलालेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गर्छ । यहाँ लुम्बिनी प्रदेश सरकारले कनकमुनिको मूर्ति स्थापना गर्नेबाहेक कुनै पर्यटकीय गतिविधि हुन सकेका छैनन् । पर्यटन पूर्वाधार नहुँदा यहाँँ पर्यटक पुग्ने गरेका छैनन् । निग्लिहवादेखि नजिकै कनकमुनि बुद्धको गृहनगर अरौराकोट पर्छ जहाँ प्राचीन भग्नावशेष छन् ।

सगरहवा

हजारौँ शाक्यहरूको नरसंहार गरिएको भनिएको सगरहवा तिलौराकोटदेखि आठ किमी दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेष र एक पोखरी छ । डा ए फुहररले सो स्थलमा सन् १८९७ मा उत्खनन गरी बुद्धकालीन पुरावशेष तथा स्तूप निकालेका थिए । यहाँको पुरातात्त्विक सम्पदाको संरक्षणका लागि वनको क्षेत्रमा रहेको ५८ बिघा जग्गा विकास कोषको स्वामित्वमा ल्याउने काम भएको विभागका निमित्त वरिष्ठ पुरातत्त्व अधिकृत उप्रेती बताउनुहुन्छ । यस क्षेत्रमा सुरक्षा पर्खालसमेत लगाइएको छ ।

निग्रोधाराम

सिद्धार्थ बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन र अर्की माता प्रजापति गौतमी, पत्नी यशोधरा तथा छोरा राहुललाई भेटघाट गरेको महत्वपूर्ण स्थल निग्रोधाराम हो । यो स्थल लुम्बिनीदेखि २८ किमी दक्षिणपश्चिम तथा तिलौराकोटदेखि ६ किमी दूरीमा पर्छ । यहाँ पुरातात्त्विक एवं धार्मिक महत्त्वका तीन स्तूप तथा एकएकपोखरी र इनार छन् ।

देवदह

बुद्ध जन्मस्थल लुम्बिनीदेखि ५७ किमी उत्तरपूर्वमा बुद्धको मावली देवदह छ । सो ठाउँ शाक्यमुनि बुद्धका आमा मायादेवी र प्रजापति तथा श्रीमती यशोधराको माइती गाउँको रूपमा परिचित छ । बुद्धको बाल्यकालसँंग जोडिएको पुरातात्विक महत्वको क्षेत्रका रूपमा मानिएको सो स्थलको आवश्यक उत्खनन हुन नसक्दा ओझेलमा परेको छ ।

रामग्राम

गौतमबुद्धको अस्तु राखिएको महत्वपूर्ण क्षेत्र रामग्राम नवलपरासीमा पर्छ । सदरमुकाम परासीदेखि तीन किमी दक्षिणमा पर्ने सो क्षेत्र ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिकस्थल हो । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको रामग्राम स्तूपमा गौतम बुद्धको महापरिनिर्वाण ९मृत्यु० पश्चात् अस्तु राखिएको छ । बौद्ध ग्रन्थानुसार बुद्ध महापरिनिर्वाण भएपछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि वरपरका तत्कालीन आठ राज्य मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि मगधका राजा अशोकले विशाल स्तूप निर्माण गर्ने भनी सबै राज्यको अस्तु सङ्कलन गरे पनि रामग्राममा भने हात्ती र नागले सुरक्षा गरेको मान्यता छ ।

विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्वेक्षण गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरे पनि विनाबृहत् पुरातात्विक अनुसन्धान गुरुयोजना बनाइएकाले कार्यान्वयन हुन नसकेको पुरातत्व अधिकृत उप्रेती बताउनुहुन्छ । उहाँका अनुसार स्तूप जसरी गोलो आकारमा गुरुयोजना तयार भएको र त्यसले ११७ बिघा क्षेत्रफल ओगटेको छ । सो ठाउँलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको विकास कोषको भनाइ छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको चर्चा भए पनि उनी जीवनसँग जोडिएका यी महत्वपूर्ण क्षेत्रबारे धेरै बौद्धमार्गी र पर्यटक अनभिज्ञ छन् । पुरातात्त्विक हिसाबले महत्वपूर्ण भए पनि विकास कोषले यी क्षेत्रको विकासका लागि अझै योजना बनाउन सकेको छैन । अहिलेसम्म विकास कोष लुम्बिनीको विकास र प्रवद्र्धनमा केन्द्रित रहने पनि अबका दिनमा सबै बौद्ध क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले काम अघि बढाइने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउनुहुन्छ । लुम्बिनीसँग सम्बन्धित सात बौद्ध गन्तव्यलाई जोडेर काम अघि बढाइने उहाँको भनाइ छ । रासस