• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

भरतपुर महानगरको मतगणना सुरु



भरतपुर। भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।

भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ । सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो ।
खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए ।

राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ । यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् ।

जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो ।

यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।रासस