१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका विषयमा झडप हुँदा सोलुखुम्बुमा एकको मृत्यु



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदानका विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ ।

मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा शुक्रबार साँझ दोहोरो झडप भएको थियो । सो झडपमा परी घाइते भएका एकजनाको आज बिहान मृत्यु भएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाका विषयलाई लिएर कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको तर मतदान गरिसकेपछि उनलाई घर पु¥याउन विषयमा विवाद भएको थियो ।

त्यसमा परेर एक जनाको मृत्यु भएको हो । सो घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेसका कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।