• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पोखराको मतगणना भोलि मात्र हुने



पोखरा । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको छ ।

शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले शनिबार बिहान सर्वदलीय बैठक गरी मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यसहित २३ जनाले उम्मेदवारी दिएका छन् । धनराज आचार्य गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।