५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सुष्मी श्रेष्ठ च्याम्पियन

तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सुष्मी श्रेष्ठ च्याम्पियन
अ+ अ-

काठमाडौं । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए । ३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छ्याउदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते ।

उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए । पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण चुमे । उनले फाइनलमा क्योकुसिन कानकै सौरव बस्नेतलाई पाखा लगाए ।

विजेतालाई आयोजक आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठ, आईएफकेकेका ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक आईएफकेकेले जनाएको छ ।