• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

वाङमय शताब्दी पुरुष जोशी १०३ वर्षमा प्रवेश



काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि शुक्रबारदेखि १०३ वर्षमा प्रवेश गर्नुभएको छ ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेष्ठ सुपुत्रका रूपमा वि.सं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका नेपालका चर्चित संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि निरन्तर सक्रिय हुनुहुन्छ ।

लोक संस्कृति र इतिहासको जीवित पुस्तकालयको उपमा नै दिइएका जोशीले २०१३ सालमा ‘नेपाली लोक संस्कृति’,२०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाइसक्नुभएको छ ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।

शताब्दी पुरुष जोशीलाई शुभकामना दिनु पुग्नु भएका नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले न्यूजपोलार संग भन्नुभयो ‘अहिले उहाँको स्वास्थ्य अबस्थामा सुधार भै रहेको छ ।’ मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएपछि वैसाख १ गते अस्पताल भर्ना हुनु भएको थियो । केही दिनको उपचार पछि उहाँ घर फर्कनु भएको थियो ।

शताब्दी पुरुष जोशीले धर्तीपुत्र र नेपाली जनताको आर्शीबादका कारण आफू बाचिरहने बताउनु भएको प्रसाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘शताब्दी पुरुष जस्तो उपाधी जनताले दिई सक्नु भयो अरु अपेक्षा छैन ।’