२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशराज फिल्म्सको चार ठूला फिल्महरुको रिलिज मिति घोषणा, जान्नुहोस् कुन-कुन फिल्महरु छन् ?



अ+ अ-

एजेन्सी । आदित्य चोपडाले यशराज फिल्म्सका चार ठूला ठूला फिल्महरुको रिलिज मिति घोषणा गरेका छन्। यी फिल्महरुमा बन्टी और बबली २, पृथ्वीराज, जयेशभाई जोर्दार र शमशेरा सामेल छन्। वरुण वी शर्माद्वारा निर्देशित 'बंटी और बबली २' नोभेम्बर १, २०२१ मा रिलीज हुनेछ। यस फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नवोदित शर्वरी देखिनेछन्।

उही समयमा, यशराज फिल्म्सको बिग बजेट फिल्म 'पृथ्वीराज' २१ जनवरी २०२२ मा विश्वव्यापी रिलीज हुनेछ। सुपरस्टार अक्षय कुमार यस फिल्ममा राजा पृथ्वीराज चौहानको भूमिकामा देखिने छन्। त्यस्तै, मिस वर्ल्ड मानुषी छिल्लर उनको पहिलो फिल्ममा संयोगिताको भूमिका निभाउने छिन्। फिल्मलाई डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन्।

रणवीर सिंह र शालिनी पाण्डे स्टारर फिल्म 'जयेशभाई जोर्दार' अर्को बर्ष फेब्रुअरी २५ मा ठूलो पर्दामा रिलिज हुनेछन्। दिव्यांग ठक्करले निर्देशन गरेको फिल्ममा रणवीर एक गुजराती व्यक्तिको भूमिकामा देखिनेछन्।

सुपरस्टार रणबीर कपूर स्टारर 'शमशेरा' अर्को बर्ष मार्च १८ मा रिलिज हुनेछ। रणवीर कपूरको साथमा यस फिल्ममा अभिनेत्री वाणी कपूर पनि देखिनेछिन्। करण मल्होत्रा​​द्वारा निर्देशित यस फिल्ममा संजय दत्त पनि मुख्य भूमिकामा देखिने छन्।