• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

फलामको बारले घेरियो भरतपुरको मतगणनास्थलमा



चितवन । शुक्रबार हुने स्थानीय तह निर्वाचन सन्दर्भमा भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक व्यवस्था मिलाइएको मतगणना स्थलमा फलामे तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (एमाले) र पाँच दलीय सत्ता गठबन्धनको प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा अठवटा सिसी क्यामेरसमेत जोडिएको छ । आयोगले मतगणनास्थलामा चौबिसै घण्टा बिजुली र इन्टरनेटको सुविधा उपलब्ध गराइने बताएको छ ।

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा भरतपुर कभर्ड हलमा मतगणना गरिएको थियो । यसपटक आयोगले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाएको छ ।

विंस २०७४ को मतगणनामा तत्कालीन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको मौका छोपी मतपत्र च्यातिएपछि यसपटक आयोगले मतगणना गर्ने कर्मचारीले मात्रै शौचालय प्रयोग गर्ने गरी शौचालयको व्यवस्था गरेको छ । दलका प्रतिनिधिलाई भने छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याउने र सोही प्यासेजको पछाडिपट्टि शौचालयको व्यवस्था गरिएको छ जहाँ मतगणना गर्ने कर्मचारीले मात्र शौच गर्नेछन् ।