• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

चिकित्सक प्रिती भुषाल सहितको टोलीबाट सगरमाथाको सफल आरोहण



फाईल फोटो

काठमाडौ । डाक्टर प्रिती भुषाल सहितको टोलीले आज विहान सगरमाथाको सफल आरोहण गरेको छ । समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर मार्फत विश्वभर प्रवाह गर्ने लक्ष्य सहित डाक्टर प्रितीको टोली करीब तीन साता अघि आरोहण अभियान शुरु गरेको थियो ।

कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको डाक्टर भुषालले बताइन्। ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको डाक्टर भुषालले बताइन् । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफूले सगरमाथा आरोहण गरेको भुषाल बताउँछिन् ।

अर्घाखाँची स्थायी घर भई हाल राजधानीको बाँसबारीमा बस्दै आएकी भुषाल सानैदेखि हिमाल आरोहणमा विशेष रुची राख्थिन् । भुषालले गत वर्ष ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरेकी थिइन् ।