• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि केसी, अर्याल र श्रेष्ठलाई



काठमाडौँ, २८ वैशाख । सिजन मिडियाले आयोजना गरेको जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताको सिनियर गल्र्सतर्फ मिनल केसीले उपाधि जितेकी छिन् ।

प्रतियोगितामा सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । स्कुलका विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि सिजन मिडियाले जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको जुनियर गल्र्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन । यस्तै शुभानी कार्की फष्ट रनर अप भइन भने स्मारिका महर्जनले सेकेण्ड रनरअपमा चित्त बुझाइन ।

यस्तै व्वाइजतर्फ प्रनिश श्रेष्ठ विजयी भएका छन । उनले २०१ नम्बर ल्याउँदा एक नम्बर मात्रै कम २०० अंक प्राप्त गरी सिद्धार्थ घिमिले सेकेन्ड रनर अप भए भने प्रिन्स भट्टराई सेकेन्ड रनर अप भए ।

प्रतियोगितामा सिरपा बज्राचार्यले स्मार्ट, मेरिन श्रेष्ठले क्यूट, एन्चेन गुरुङले इनोसेन्ट, सिवानी चापागाईले डिसिप्लिन, सुहाना मुसाजुले व्यूटिफूल, मिनल केसीले पर्सनालिटी, प्रिसा श्रेष्ठले चार्मिङ र सिमोन पोटेले इन्टेलिजेन्स अवार्ड हात पारे ।

यस्तै अभानी अर्यालले कम्फिडेन्ट, सान्भी निरौलाले क्यूट, शुभानी कार्कीले चार्मिङ, अल्विन्का देवकोटाले इनोसेन्ट, स्मारिका महर्जनले स्मार्ट, आर्याना लक्ष्मी गुरुङले व्यूटिफूल, समृद्धि चौहानले डिसिप्लिन,वैभवी श्रेष्ठले एक्टिभ, आरोही तिवारीले ईन्टेलिजेन्स र रोजाश्री केसीले पर्सनालिटी अवार्ड प्राप्त गरिन् ।

अर्को व्वाइज क्याटगोरीतर्फ प्रिन्स भट्टराईले इनोसेन्ट, गौतम घिमिरेले ह्याण्डसम, प्रनिश श्रेष्ठले कन्फिडेन्ट, सिद्धार्थ घिमिरेले पर्सनालिटी र उज्जन लाल श्रेष्ठले डिसिप्लिन अवार्ड प्राप्त गरे ।

बालिकाको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रुपमा आयोजना हुदै आएको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगितामा वैशाख २६ गते सम्पर्न गरिएको थियो ।

सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार बालबालिकालाई व्यक्तित्व विकासका साथै विज्ञबाट बाल उपायोगी प्रशिक्षण गराइएको थियो ।

जुनियर स्कुल प्रिन्सेज–२०२२ का वितेजाले छात्रवृत्ति, साईकल साथै अन्य विभिन्न उपहार प्राप्त गरेका छन् ।