६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि केसी, अर्याल र श्रेष्ठलाई



अ+ अ-

काठमाडौँ, २८ वैशाख । सिजन मिडियाले आयोजना गरेको जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताको सिनियर गल्र्सतर्फ मिनल केसीले उपाधि जितेकी छिन् ।

प्रतियोगितामा सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । स्कुलका विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि सिजन मिडियाले जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको जुनियर गल्र्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन । यस्तै शुभानी कार्की फष्ट रनर अप भइन भने स्मारिका महर्जनले सेकेण्ड रनरअपमा चित्त बुझाइन ।

यस्तै व्वाइजतर्फ प्रनिश श्रेष्ठ विजयी भएका छन । उनले २०१ नम्बर ल्याउँदा एक नम्बर मात्रै कम २०० अंक प्राप्त गरी सिद्धार्थ घिमिले सेकेन्ड रनर अप भए भने प्रिन्स भट्टराई सेकेन्ड रनर अप भए ।

प्रतियोगितामा सिरपा बज्राचार्यले स्मार्ट, मेरिन श्रेष्ठले क्यूट, एन्चेन गुरुङले इनोसेन्ट, सिवानी चापागाईले डिसिप्लिन, सुहाना मुसाजुले व्यूटिफूल, मिनल केसीले पर्सनालिटी, प्रिसा श्रेष्ठले चार्मिङ र सिमोन पोटेले इन्टेलिजेन्स अवार्ड हात पारे ।

यस्तै अभानी अर्यालले कम्फिडेन्ट, सान्भी निरौलाले क्यूट, शुभानी कार्कीले चार्मिङ, अल्विन्का देवकोटाले इनोसेन्ट, स्मारिका महर्जनले स्मार्ट, आर्याना लक्ष्मी गुरुङले व्यूटिफूल, समृद्धि चौहानले डिसिप्लिन,वैभवी श्रेष्ठले एक्टिभ, आरोही तिवारीले ईन्टेलिजेन्स र रोजाश्री केसीले पर्सनालिटी अवार्ड प्राप्त गरिन् ।

अर्को व्वाइज क्याटगोरीतर्फ प्रिन्स भट्टराईले इनोसेन्ट, गौतम घिमिरेले ह्याण्डसम, प्रनिश श्रेष्ठले कन्फिडेन्ट, सिद्धार्थ घिमिरेले पर्सनालिटी र उज्जन लाल श्रेष्ठले डिसिप्लिन अवार्ड प्राप्त गरे ।

बालिकाको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रुपमा आयोजना हुदै आएको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगितामा वैशाख २६ गते सम्पर्न गरिएको थियो ।

सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार बालबालिकालाई व्यक्तित्व विकासका साथै विज्ञबाट बाल उपायोगी प्रशिक्षण गराइएको थियो ।

जुनियर स्कुल प्रिन्सेज–२०२२ का वितेजाले छात्रवृत्ति, साईकल साथै अन्य विभिन्न उपहार प्राप्त गरेका छन् ।