• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता ★   जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर ★   उपेन्द्र यादवले दिए राजीनामा ★   कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

मतदाता शिक्षा लिन नयाँ मतदाताको भीड



काठमाडौँ। निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ ।

नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।

आज (बुधवार) र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।

मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताउनु भयो । उहाँले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताउनु भयो । मतदान अधिकृत उप्रेतीले मतदाताहरुले नमूना मतपत्रमा मत हाल्न सिकएको बताउनु भयो । उहाँले भन्नुभयो, स्वतन्त्र र राजनीतिक दलहरुले नलिएका मतपत्रका चिन्हहरुमा मत हाल्न सिकाएका हौँ, ७४ सालमा मत नहालेकाहरुले अहिले मत हाल्न सिक्न आउनुभएको छ ।’

त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताउनु भयो । उहाँले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपयले यो के हो भनेर सिक्न चाहनुभएको छ, कतिपयले सिकेको नै हुनुहुन्छ मतपत्र मात्रै लिन आउनु भएको छ, हामलिे नमूना मतपत्रमा भोट हाल्न सिकाइरहेका छौँ ।’

त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरु छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको बताउनु अधिवक्ता भूमिनन्द चुँडालले बताउनु भयो । उहाँले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताउनु भयो । नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा उहाँको जोड छ ।

नव मतदाताहरु आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।