• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् टीकाथलीका मतदाता



ललितपुर । टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उहाँले बताउनुभयो । सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उहाँले बताउनुभयो ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताउनुभयो । मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासका पालिकामा पानी पर्याप्त हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा भने पानीको समस्या छ ।

नगरपालिकाका अधिकांस वडाहुँदै जाने ग्वार्खो–लामाटार सडक निर्माण भए पनि भित्री सडक निर्माण हुन बाँकी छ । उहाँले भन्नुभयो, “मुख्य सडकका भित्र भित्रसम्म बाक्लो बस्ती भएकाले सडक ढलान वा पिच गर्नुपर्छ ।”

इमाडोलकी सरिता केसीले विगतका निर्वाचनमा भोट माग्न जानेले आफूले जितेपछि खानेपानीको समस्या हटाउने भनेको र यो पटक पनि दोहोराएको बताउनुभयो । नगरका मुख्य सडकको अवस्था राम्रो भए पनि सहायक सडकमा ध्यान दिनुपर्ने उहाँले उम्मेदवारलाई सम्झाउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले पनि कहिले कसलाई कहिले कसलाई भोट हालेको हो यो चोटी नि भनेजस्तो काम गर्ने हेरेर भोट हाल्छु ।”

स्थानीय तहको निर्वाचन दुई दिनबाँकी हुँदा महालक्ष्मी नगरपालिकामा सबै दलका उम्मेदवारले विभिन्न माध्यममार्फत मत मागिसकेका छन् । नगरवासीको घरघरमा पुग्ने उम्मेदवारसँग उनीहरूले व्यवस्थित सरहीकरणको माग गरेका छन् । सडक सुधार, खानेपानीको उपलब्धतता, ढल निर्माण, फोहर व्यवस्थापनमा ध्यान दिन उनीहरूले उम्मेदवारलाई भनेका छन् । सबै उम्मेदवारले पनि यिनै कुरालाई मुख्य चुनावी एजेण्डा बनाएको पाइन्छ । अहिले यहाँको सडक कतै निर्माणको क्रममा छ भने कतै विस्तारको क्रममा रहेको छ ।

महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन् । सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन् ।