६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् टीकाथलीका मतदाता

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् टीकाथलीका मतदाता
अ+ अ-

ललितपुर । टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उहाँले बताउनुभयो । सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उहाँले बताउनुभयो ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताउनुभयो । मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासका पालिकामा पानी पर्याप्त हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा भने पानीको समस्या छ ।

नगरपालिकाका अधिकांस वडाहुँदै जाने ग्वार्खो–लामाटार सडक निर्माण भए पनि भित्री सडक निर्माण हुन बाँकी छ । उहाँले भन्नुभयो, “मुख्य सडकका भित्र भित्रसम्म बाक्लो बस्ती भएकाले सडक ढलान वा पिच गर्नुपर्छ ।”

इमाडोलकी सरिता केसीले विगतका निर्वाचनमा भोट माग्न जानेले आफूले जितेपछि खानेपानीको समस्या हटाउने भनेको र यो पटक पनि दोहोराएको बताउनुभयो । नगरका मुख्य सडकको अवस्था राम्रो भए पनि सहायक सडकमा ध्यान दिनुपर्ने उहाँले उम्मेदवारलाई सम्झाउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले पनि कहिले कसलाई कहिले कसलाई भोट हालेको हो यो चोटी नि भनेजस्तो काम गर्ने हेरेर भोट हाल्छु ।”

स्थानीय तहको निर्वाचन दुई दिनबाँकी हुँदा महालक्ष्मी नगरपालिकामा सबै दलका उम्मेदवारले विभिन्न माध्यममार्फत मत मागिसकेका छन् । नगरवासीको घरघरमा पुग्ने उम्मेदवारसँग उनीहरूले व्यवस्थित सरहीकरणको माग गरेका छन् । सडक सुधार, खानेपानीको उपलब्धतता, ढल निर्माण, फोहर व्यवस्थापनमा ध्यान दिन उनीहरूले उम्मेदवारलाई भनेका छन् । सबै उम्मेदवारले पनि यिनै कुरालाई मुख्य चुनावी एजेण्डा बनाएको पाइन्छ । अहिले यहाँको सडक कतै निर्माणको क्रममा छ भने कतै विस्तारको क्रममा रहेको छ ।

महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन् । सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन् ।