६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान

कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान
अ+ अ-

काठमाडौ । कतार सरकारले नेपाल सरकारलाई कोरोना महामरीसंग जुध्न सहयोग गर्दै आएको छ । महामारीको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर देखि अक्सिजन भर्नेसम्मको काममा व्यवधान वेहोर्नु परेको जानकारी पाएपछि कतार सरकारले पाएको थियो ।

आगामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ । कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैंया बराबरको हो ।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै महामहिम अल(हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहांले कतार सरकार कोरोना महामरीसंग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताउनुभयो ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसंग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । उहांले भन्नुभयो कतार सरकारले नेपाली नागरीकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्रि उपलब्ध गराएर जुन खालको सहयोग गरीरहेको छ त्यसको नेपाल सरकारले उच्च मुल्यांकन गरेको बताउनुभयो । अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा हस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि शुरू भैसकेको सचिव पोखरेलले जानकारी दिनुभयो ।

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउंने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगे विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ संधै रहने वाचा गर्नुभयो ।
कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसंग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।