• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा… ★   फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार ★   विज्ञहरूले प्लेअफमा बेंगलुरुलाई छानेनन्, आरसीबीले देला त उचित जवाफ? ★   मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन ★   सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल ★   रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर ★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी

श्रीलंकामा हिंसा भड्कियो, नेताका घरमा प्रदर्शनकारीको आगजनी



काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा नागरिक आन्दोलन थप चर्किएको छ । आन्दोलन चर्कंदै जाँदा यहाँका नागरिकहरुले सरकार विरुद्धको प्रदर्शनलाई थप हिंसात्मक बनाउँदै लगेका छन् ।

गत सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि हिंसा भड्किएको हो । त्यस लगत्तै प्रदर्शनकारीहरुले श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एउटा घर जलाइदिएका छन् । त्यस लगत्तै प्रदर्शनकारीको हिंसा रोक्नका लागि यहाँको सरकारले पूरै देशमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । तर पनि आन्दोलन रोकिएको छैन ।

प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबारै पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन । उनीहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएपछि सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सेना परिचालन गरिएको थियो ।

श्रीलंकाली मिडियाको समाचार अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ । यहाँको अवस्था आर्थिक संकटका कारण जर्जर भएको थियो । बजारभरि महंगी छ, आफूले चाहेको सामान किन्न सक्ने अवस्था छैन । भोका प्रदर्शनकारीहरुले नेताका घरलाई निसाना बनाएका हुन् ।

श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएका बीबीसीले जनाएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।