• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो– अध्यक्ष ओली



file

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताउनुभएको छ ।

झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गर्नुभयो ।

देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गुर्नभयो ।

ओलीले आजै मोरङको मिक्लाजुङ, झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी सभालाई सम्बोधन गर्नुभयो ।