१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुण्य गौतमलाई ओलीले गरे एमालेमा स्वागत



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनु भयो । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नु भयो ।

उहाँले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाई होईन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होईन ।’

सभामा अहिले ओलीले सम्बोधन गरिरहनु भएको छ । यस अघि बोल्नु भएका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनु भएको थियो ।

कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादी)का सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नु भएको थियो ।