६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुण्य गौतमलाई ओलीले गरे एमालेमा स्वागत



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनु भयो । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नु भयो ।

उहाँले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाई होईन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होईन ।’

सभामा अहिले ओलीले सम्बोधन गरिरहनु भएको छ । यस अघि बोल्नु भएका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनु भएको थियो ।

कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादी)का सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नु भएको थियो ।