६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मत बदर हुन नदिन प्रचार-प्रसारमै मतदाता शिक्षा दिँदै उम्मेदवार

मत बदर हुन नदिन प्रचार-प्रसारमै मतदाता शिक्षा दिँदै उम्मेदवार
अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन नदिन आयोगले नमूना मतदान गराइरहेको छ । आयोगले बुधबार र बिहीबार नमूना मतदान गराउने भएको छ । केही स्थानमा यसअघि नै आयोगले नमूना मतदान गराइरहेको छ ।

निर्वाचनमा सत्तारुढ र विपक्षी दुवैको गठबन्धन बनेको छ । त्यसकारण यस पटक बढी मत बदर हुने सम्भावना देखिएको छ । त्यसलाई समाधान गर्नका लागि राजनीतिक दलले पनि प्रयास गरिरहेका छन् । गबठन्धन आबद्ध राजनीतिक दलले स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको क्रममा नै मतदाता शिक्षासमेत दिइरहेका छन् ।

सत्तारुढ गठबन्धनले छवटा महानगर र ११ उपमहानगरलगायत देशभर नै सहकार्य गरेको छ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आज रोल्पामा आयोजित पत्रकार सम्मेलनमा देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिनुभएको थियो । उहाँले गठबन्धनले मत बदर नहुने गरी निर्वाचनको अभियान सञ्चालन गरिरहेको जानकारीसमेत दिनुभएको थियो ।

गठबन्धनको मत जोगाउन पनि बदर नहुने गरी मतदाता शिक्षाको अभियान सञ्चालन गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट सिर्जना सिंह उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । केही वडामा गठबन्धनको तर्फबाट साझा उम्मेदवार नहुँदा मत बदर हुने सम्भावना उत्तिकै छ ।

त्यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी उम्मेदवार हुनुहुन्छ । वडा समितिको अध्यक्षलगायत सदस्य पदमा अधिकांश साझा उम्मेदवार भए पनि मतदाता शिक्षाको जरुरी देखिएको सम्बद्ध दलले जनाएका छन् ।

केही दलले श्रव्य दृश्यका माध्यमबाट मतदाता शिक्षा समेत सञ्चालन गरिरहेका छन् । दोलखाको बैतेश्वर गाँउपालिकामा माओवादी र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार छन् । निर्वाचन प्रचारको क्रममा नै मतदाता शिक्षासमेत दिइएको र साझा उम्मेदवारलाई मतदान गर्ने तरिकासमेत सिकाइएको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले जानकारी दिनुभयो । “हामीले निवाृचन प्रचार प्रसारको क्रममा नै मतदाता शिक्षासमेतसँगै लगिएका कारण मत बदर हुने मात्रामा कमी आउने उहाँको भनाइ छ ।

विसं २०७४ मा सम्पन्न सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचमा पाँच प्रतिशत बराबर मत बदर भएको थियो । हरेक मतदाताको घरघरै गएर मतदाता शिक्षा दिने व्यवस्था भए पनि समय अभावका कारण प्रभावकारी बन्न सकेको छैन । यद्यपि आयोगले मतदाता शिक्षाका लागि अनेक प्रयास गरिरहेको छ । राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारले पनि मतपत्रमा बहर हुन कम गर्ने उपायको खोजी गरिरहेका छन् ।

गठबन्धन गर्दा हरेक दलका फरकफरक निर्वाचन चिह्न हुने भएकाले पनि मतदाता शिक्षा अझै जरुरी छ । स्थानीय तहमा संयुक्तरूपमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारको सक्रियता त्यसमा देखिएको छ ।

मतदान गर्न नसिकाउँदा बदर बढी

उम्मेदवारले मत मागे पनि मतदान गर्ने तरिका नसिकाउँदा बदरको मात्रा बढी भएको आयोगको बुझाई छ । आयोगले मत बदर कम गर्न दल तथा उम्मेदवार नै थप सर्तक हुनुपर्नेमा जोड दिएको छ । आयोगले मत बदर हुने अवस्थाका बारेमा पनि स्पष्ट पारेको छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप वा आयोगबाट निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप मत सङ्केत गरिएको पाइए बदर हुनेछ ।

मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवार निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरेको अवस्थामा बदर भएको मानिन्छ ।

कुनै पनि उम्मेवदारको निर्वाचन चिह्नमा मत सङ्केत नगरेको, निर्वाचित गर्नुपर्नेभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको, मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको, आयोगले निर्धारण गरेको मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, मतपेटिकाभन्दा बाहिर राखिएको र जाली मतपत्र भएको अवस्थामा बदर हुन जान्छ ।

राजनीतिक दल तथा उम्मेदवारले मताधिकारबारे आफूलाई भएको विषय अन्य मतदातालाई जानकारी गराउनुपर्छ । नेपालमा क्रमशः गठबन्धन संस्कृतिको विकास भएकाले पनि राजनीतिक दल र उम्मेदवार नै आफैँ सचेत बन्नु आवश्यक देखिन्छ ।