६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई भोट’

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई भोट’
अ+ अ-

भक्तपुर । गहुँ भित्र्याउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवायुवती आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा ‘हाम्रालाई होइन, राम्रालाई भोट’ दिने बताउँछन् । गहुँ काट्दै गरेको खेतमा होस् वा, चिया पसल, कलेज गएर फर्कंदै गरेका विद्यार्थीलाई होस्, घरमा काम गर्ने महिला वा ज्येष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन, राम्रालाई भोट ।’

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको विकास गर्न सक्ने, क्षमतावान र पूरा गर्नसक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्तनै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।” उहाँले उत्साहपूर्वक भन्नुभयो । कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको बताउँदै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन आफुले सुझाब दिएको तर मताधिकारको सवालमा भने कसैले दबाब नदिएको बताउनुहुन्छ ।

यस्तै सूर्यविनायक–४ दधिकोटको पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँ विकास गर्न सक्छ भन्ने सही आँकलन गरेर मात्रै राम्रा नेतालाई भोट दिने बताउनुहुन्छ । आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको विकासलाई पनि मूल्याङ्कन गर्ने बताउनुहुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे ।

उहाँले भन्नुभयो, “मतदातालाई यस पटक सजिलो छ, विगतमा जितेर जाने नेताले कति विकास गरे, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनावमा र हारेका पार्टीका नेता नागरिकको दुःखसुख बुझ्न आफ्नो गाउँमा आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्याङ्कन गरेर मतदान गर्ने विचार गरेको छु ।”

सबै दलका घोषणा पत्रमा ‘आर्दशता’ कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनुहुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुहुन्छ, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको विकास गर्नसक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोलि हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।”

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले ज्येष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, वृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यवस्था गरिदिने, भजनकीर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

त्यस्तै चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवालाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यवस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर सङ्कल्प गर्ने नेतालाई भोट दिने बताउनुहुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सिर्जना गर्न सक्ने मतदाता बताउँछन् ।

स्थानीय तहमा अहिलेसम्म नेपाल मजदुर किसान पार्टीले एकछत्र राज गर्दै आएको भक्तपुर नगरका बासिन्दा गरिब नागरिकको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यवस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुरभरका किसानले सधैँ मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यवस्था गर्नसक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति ।

भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको सहर भक्तपुरमा ‘कोर क्षेत्र’भन्दा बाहिर पनि विकासको योजना नेताहरुले बनाउनुपर्ने बताउनुहुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिङ्गो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा विकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनुहुन्छ ।

मध्यपुरथिमिका बासिन्दा सम्पदाको विकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा विकास भएर हामी खुसी छौँ, कौसी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती विकासको योजना ल्याएर जनतासँग प्रत्यक्षरुपमा सधैँ घुलमिल हुने, चुनावमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनुहुन्छ । उहाँ पनि ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’ भन्ने पक्षमा देखिनुहुन्छ । रासस