१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पालिकाको अधिवेशन : कुन प्रदेशमा कसको पल्ला भारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनका लागि चयन भएका पालिकास्तारका प्रतिनिधिहरुको परिणाम आइरहेको छ । यसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको भएपनि अहिलेसम्मको देशैभरिको परिणाम हेर्दा भने देउवाको नै बर्चस्व देखिएको छ । 

शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए । यो प्रतिस्पर्धामा गण्डकीका केही स्थानमा पौडेल पक्ष अघि देखिएपनि उता सुदूरपश्चिममा भने करिब ९० प्रतिशत नै देउवाको प्यानल नै बिजयी भएको देखिएको छ । 

आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् । सात स्थानीय तहमा कतै नखुलेका नेता सभापति बनेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबारसम्म ५४ जिल्लामा पालिका अधिवेशन भएको जनाएको छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लाको पालिका अधिवेशन भने हुन बाँकी छ । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।

देउवा र पौडेल समूहको आ–आफ्नो प्रदेशमा वर्चस्व देखिएको छ । सुदूरपश्चिममा निर्वाचन सम्पन्न भएका ६५ पालिकामध्ये करिब ५० पालिकामा देउवा समूह र १५ पालिकामा पौडेल समूहका सभापति निर्वाचित भएका छन् । सुदूरपश्चिम देउवाको गृहप्रदेश हो ।

पौडेलको गृहप्रदेश गण्डकीका ८५ स्थानीय तहमध्ये आइतबार साँझसम्म ६७ स्थानीय तहको नतिजा आएको छ । तीमध्ये ४० पालिकामा पौडेल र २३ पालिकामा देउवा समूहका उम्मेदवार सभापतिमा चुनिएका छन् ।

लुम्बिनी प्रदेशमा आइतबार साँझसम्म नतिजा आएका ७० स्थानीय तहमध्ये पौडेल समूहका ३३, देउवा समूहका २८, शशांक कोइराला समूहका ३ र तटस्थ ६ जना पालिका सभापति निर्वाचित भएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ वटामा अधिवेशन सम्पन्न भएको छ ।

तीमध्ये ४४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमा देउवा समूहका २८ र पौडेल समूहका २५ जना सभापति निर्वाचित भएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा कतै खुलेका छैन ।