६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

व्यवस्थित कला–संस्कृति हेर्ने कीर्तिपुरका मतदाताको चाहना

व्यवस्थित कला–संस्कृति हेर्ने कीर्तिपुरका मतदाताको चाहना
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा कीर्तिपुर नगरपालिकाको मतदाताले कला–संस्कृति व्यवस्थित भएको हेर्ने चाहना व्यक्त गरेका छन् । यस क्षेत्रका किसान, मजदुर, पिछडिएका वर्ग, कर्मचारीलगायत विभिन्न तहमा रहेका स्थानीयसँग उम्मेदवारले शुक्रबार हुने निर्वाचनका लागि छलफल, अन्तक्रिया तथा भेटघाटलगायतका गतिविधि गरेका छन् ।

उम्मेदवारी दिएका विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारले प्रचारलाई तीव्र बनाएका हुन् । स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै देशमा भएका परिवर्तनलाई संस्थागत गर्न मतदान आफ्नो पक्षमा गर्न उम्मेदवारले घरदैलो गरिरहेका हुन् । उम्मेदवारले निर्वाचनका प्रचारका क्रममा स्थानीय विकास निर्माणका साथै समयसापेक्ष सूचना प्रविधिको विकास गरी स्थानीयलाई सेवा–सुविधा उपलब्ध गराउन विश्वस्त दिलाएको पाइन्छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनमा योगदान गरेका यहाँका स्थानीय मतदाता राजनीतिकरूपमा सचेत रहेको कीर्तिपुर–८ को कविता महर्जनले बताउनुभयो । उहाँले उम्मेदवारले निर्वाचनका बेला विकासका लागि जस्तो पनि प्रतिबद्धता व्यक्त गर्ने भए पनि निर्वाचित भएपछि त्यस क्षेत्रको प्रगतिमा संवेदनशील नहुने गरेकोमा भने दुःखेसो पोख्नुभयो ।

स्थानीय सम्पदा, भाषा, साहित्यको संरक्षण, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, वडामा हुने अधिाकंश कार्यलाई डिजिटलाइजेशन गरी अभिलेख गर्ने, सेवाग्राहीलाई सुशासन, पूर्वाधार क्षेत्रको विकास गरी कीर्तिपुर क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरेको हेर्न चाहन्छन् यहाँका स्थानीय । लोकतान्त्रिक गणतन्त्रको व्यवस्था सुरु भएको करिब एक दशकभन्दा बढी भए पनि संविधान जारी भएको मात्र करिब सात वर्ष पूरा हुँदै छ । यस अवधिमा दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनलाई महत्वकासाथ लिइएको छ ।

विभिन्न १० वडामा विभाजन गरिएको नगरपालिकामा प्रमुख र उपप्रप्रमुख, वडाध्यक्ष र सदस्य गरी ५२ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको छ । पाँच वर्ष अगाडिको चुनावमा प्रमुख, उपप्रमुख र छ वटा वडामा नकपा ९एमाले० तथा चार वडामा कांग्रेसले नेतृत्व गरेको थियो । नगरप्रमुखको उम्मेदवारीमा मात्र ठूला साना गरी १४ दलले उम्मेदवारी दिएकाले प्रतिस्पर्धा रोचक देखिने भएको छ ।

अधिकांश नेवार समुदायको बसोबास रहेको यस क्षेत्रमा क्षेत्री, मगर समुदायका नागरिक पनि छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिमा पनि विविधता रहेको छ । बसाइँसराइका कारण काठमाडौँ उपत्यका बाहिरबाट आएर बस्नेको सङ्ख्या बढ्दै गएको छ । कीर्तिपुर नगरमा हाल करिब ३० हजार मतदाता छन् ।

प्राचीन शैलीका विभिन्न कला र संस्कृतिले सजिएका सम्पदास्थलको प्रचार–प्रसार गरी पर्यटकीय क्षेत्रका रूपमा व्यवस्थित गर्न आवश्यक रहेको स्थानीय व्यवसायी शेखरकृष्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षलाई जनप्रतिनिधि छनोट गर्ने समय भएकाले विकासवादी, परिपक्व उम्मेदवारको खोजीमा छु ।” पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विसं २०५३ चैत १४ गते नगरपालिका ऐन २०५३ अनुसार गठन भएको उक्त नगरभित्र पाँगा, चोभार, भाजङ्गल, ट्याङ्लाफाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटी प्रमुख स्थान छन् । नगरको कूल क्षेत्रफल १४ दशमलव ७६ वर्गकिमी छ । कीर्तिपुर सहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरी नगरपालिका पर्दछ ।
अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुनसकेको छैन । सहरी क्षेत्रमा औद्योगिक कलकारखानाका साथै बजारको व्यवस्था, खानेपानी, बिजुली, टेलिफोनको सुविधा छ । जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, कर्कोटक नागको बासस्थान टौदह धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् ।

मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा यहाँ स्थापना भएको भए पनि स्थानीयवासी अपेक्षाकृतरूपमा शिक्षित हुन नसकेको बताइन्छ । विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरवासीको अग्रणी भूमिका रहेको पाइएको छ ।

स्थानीय पर्यटनको विकासमा लामो समयदेखि क्रियाशील विजयकुमार महर्जनले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा सक्षम प्रतिनिधि निर्वाचित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अहिलेका जनप्रतिनिधिले यहाँ भएका कृषि र पर्यटन क्षेत्रको सम्भावनाबारे विस्तृत अध्ययन गरी लगानी वृद्धि गर्न नसकेकाले अब निर्वाचित भएर आउने जनप्रतिनिधिले यहाँको इतिहास, सभ्यता र संस्कृतिलाई प्रचार गरी पर्यटनको विकास गर्न सकेमा रोजगारीको ठूलो अवसर सिर्जना हुने उहाँले बताउनुभयो ।

करिब एक दशकदेखि कीर्तिपुर हिलसाइड रिसोर्ट सञ्चालन गर्दै आउनुभएका महर्जनका अनुसार यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न राम्रो तारे होटलको विकास नभएका कारण पर्यटकीयस्थल ओझेलमा परेको व्यवसायी बताउँछन् । पर्यटन क्षेत्रको विकास गरी स्थानीय सम्पदा तथा संस्कृतिलाई पर्यटकसँग जोड्न सकेमा स्थानीय क्षेत्रको बहुआयामिक विकास महर्जनले बताउनुभयो । रासस