६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बिपीको बलमा बनेको नेपाल–इजरायल सम्बन्ध ६२ वर्षमा

बिपीको बलमा बनेको नेपाल–इजरायल सम्बन्ध ६२ वर्षमा
अ+ अ-

काठमाडौँ । दोस्रो विश्वयुद्धको विभिषिका समाप्त भएसँगै बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एशियाका सानो देश इजरायललाई मान्यता दिने दक्षिण एशियाको पहिलो देश नेपाललाई इजरायलका जनताले असिम स्नेहका साथ हेर्ने गरेका छन् ।

निरङ्कुश राणा शासनलाई फालेर भर्खरै प्रजातान्त्रिक शासन प्रणालीमा अघि बढेको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दूरदर्शीता र कूटनीतिक सुझबुझलाई इजरेलीहरूले सधैँ सम्मान र स्मरण गर्दैै आएका छन् ।

इजरायलका संस्थापक डेभिड बेन–गुरियन र प्रधानमन्त्री कोइरालाको दूरदृष्टि नै स्वतन्त्र इजरायल स्थापना भएको १२ वर्षमै नेपालबाट मान्यता पाउने देश बन्यो जसलाई ३० वर्षसम्म दक्षिण एशियका अन्य देशले स्वतन्त्र राष्ट्र मानेनन् । इजरायल राज्य स्थापनाको घोषणा भएकै दिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले उक्त मुलुकलाई कूटनीतिक मान्यता दिनु इजरायलका निम्ति सुखद संयोग थियो । कुशल कूटनीतिमा विश्वास गर्ने प्रधानमन्त्री कोइरालाले त्यसको बिजारोपण इजरायलबाट गरेर जवाहरलाल नेहरूजस्ता छिमेकी देशका प्रधानमन्त्रीलाई चकित पार्नुभएको थियो ।

नेपाल र इजरायल बीचको कूटनीतिक सम्बन्धको ६२ औँ वार्षिकोत्सव आज उपराष्ट्रपतिको उपस्थितिमा विशेषरूपमा मनाइँदै छ । बितेका ६१ वर्षमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्री प्रगाढमात्र भएको छैन द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको छ । यति लामो र सौहार्दपूर्ण सम्बन्धलाई आजको अवस्थामा पु¥याउन दुवै देशका प्रमुख व्यक्तित्वले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताउनुहुन्छ शलोम क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठ ।

भूकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलव्ध गराएर होस् इजरायलले नेपाललाई बिर्सनै नसक्ने उहाँ बताउनुहुन्छ । नेपालले आफूलाई कूटनीतिक मान्यता दिएकामा इजरायलले नेपाललाई कहिल्यै नबिर्सने उहाँको कथन छ ।

बहुआयामिक नेपाल–इजरायल सम्बन्धलाई इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९मसाभ०को सहयोगमा इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्देश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र हालै हस्ताक्षर हुनुले इजरायली कृषि प्रविधि नेपालमा ल्याएर कृषिको आधुनिकीकरण गर्दै आर्थिक विकासको बाटोमा अग्रसर हुन मद्दत पुग्नेछ भने मुलुकको कृषि पूर्वाधार निर्माणले गति लिने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै विदेश जाने नेपाली युवाको सङ्ख्यामा कमी आउने आश गर्न सकिन्छ ।

नेपाल र इजरायलबीच हालसालै भएको अर्को समझदारीले इजरायलको श्रम बजारमा नेपाली कामदारलाई अस्थायी रोजगारी प्रदान गर्नेछ भने सुसारेका रुपमा मात्र नेपालीले पाउँदै आएको रोजगारीको अवसर अब कृषि, होटल/रेष्टुरेन्ट, निर्माण र अन्य क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्नेछ । आर्थिक सम्बन्ध अभिवृद्धिका निम्ति लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधि हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार बनाउन नेपाल–इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री स्थापना हुनुले व्यापार क्षेत्रमा पारस्परिक सहयोगका निम्ति बाटो खुलेको छ ।

नेपाल र इजरायलबीच शिक्षा, संस्कृति, प्रविधि, विज्ञान र वातावरणका क्षेत्रमा जारी सहयोगलाई थप प्रगाढ बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय र तेल अवीव विश्वविद्यालयबीचको साझेदारीले प्राज्ञिक सम्बन्ध पनि क्रमशः विस्तार भइरहेको छ । इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ । रासस