६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सिर्जना सिंहः महानगरलाई महाघर बनाउँदै कलंकलाई झुटो प्रमाणित गर्ने अवसर

सिर्जना सिंहः महानगरलाई महाघर बनाउँदै कलंकलाई झुटो प्रमाणित गर्ने अवसर
अ+ अ-

सिर्जना सिंह, पछिल्लो समय पार्टी राजनीतिबाट टाढा थिइन् । उनी पारिवारिक व्यवधानका कारण राजनीतिमा रहेपनि पार्टी राजनीतिको उचाइ र पदमा भने पुगिनन् र रहेको पनि पाइँदैन ।

हुनतः उनका श्रीमान प्रकाशमान सिंह लामो समय यता पार्टी राजनीतिमा सक्रिय छन् । नेपाली काँग्रेसको महामन्त्रीसमेत बनिसकेका सिंह नेपाली काँग्रेसभित्र राम्रो छवि बनाएका नेतामा गनिन्छन् । पारिवारिक राजनीतिक विरासतलाई धान्दै र जोगाउँदै आएका उनले अहिलेसम्म पार्टीको नेतृत्व गर्न भने सकेका छैनन् । नेता सिंह नेपाली काँग्रेसका संस्थापक सदस्यमध्येका एक गणेशमान सिंह र मंगलादेवी सिंहका पुत्र हुन् । अहिले उनै प्रकाशमानकी श्रीमती सिर्जना सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार छिन् ।

 

यसो भनिरहँदा सिर्जना सिंहको परिचय पारिवारिक पृष्ठभूमिसँग जोडिन्छ नै । हुनतः नेपाली समाजमा परिवारमा रहेका मध्ये स्थापित नामबाट नै सपरिवारको चिनारी हुन्छ । तर सिर्जना सिंहको परिचय गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहमा मात्रै सिमित छैन । सिर्जना श्रेष्ठ गोरखामा जन्मिएकी थिइन् । गोरखाबाट सानै उमेरदेखि राजनीतिक यात्रा शुरु गरेको उनले विभिन्न सार्वजनिक कार्यक्रममा बताइसकेकी छिन् । उनीसँग बि.सं. २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समिति गोरखाको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

त्यसैले पनि सहजै भन्न सकिन्छ गणेशमान सिंहको परिवारमा नाता जोडिनुअघि नै उनको राजनीतिक यात्रा शुरु भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसले उनलाई काठमाडौं महानगरको प्रमुखमा उठाएको छ । तर उनलाई काठमाडौं महानगरको प्रमुखमा जित्न भने त्यति सहज देखिँदैन । किनभने उनीसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका नेता केशव स्थापित उनीभन्दा अनुभवी र काठमाडौंवासीमा बढी परिचित छन् ।

तर गठबन्धनले महिला नेतृलाई प्रमुख दाबेदार बनाइरहँदा त्यसको हिसाव पनि महानगरवासीले गरेकै हुनुपर्छ । साथै स्थानीय जनप्रतिनिधिहरुले गरेका प्रतिवद्धता विगत ५ वर्षमा पूरा गर्न नसक्नुले पनि मतदाताहरु नयाँ अनुहारलाई स्थान दिन लालयित देखिन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आफूले मेयरमा जित्ने पक्कापक्की जस्तै भएको बताउनु भयो ।

उहाँलाई घरदैलो कार्यक्रममा पाएको आश्वासनले गर्दा आधा चुनावी लडाइँ जितेको महशुस भएको छ । उहाँले नेपाली काँग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरुको जित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, हामीले सोचेको जस्तो काठमाडौं बन्ने भयो भनेर सबैजना उत्साहीत हुनुहुन्छ । म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ । काठमाडौंवासी फोहोरबाट आजित भएका छौँ अब केही हुन्छ कि भन्नुहुन्छ ।

मैले जितिसकेको जस्तो अनुभव भएको छ । अब आधा लडाइँ मात्रै लड्न बाँकी छ । वैशाख ३० गते । नेपाली काँग्रेस जस्तो पुरानो पार्टीले महिलालाई मेयरमा अघि सारेको छ, यो भनेको सम्पूर्ण महिला दिदिबहिनीहरुको जित हो जस्तो लागेको छ ।’

मेयरकी उम्मेदवार सिंहले आफू घरदैलो कार्यक्रममा जाँदा महानगरवासीको ठूलो अपेक्षा नरहेको बताउनु भयो । महानगरवासीले धुवाँ/धुलो, ढल, पानी, फोहोर, बत्ती र स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापन लगायतका साधारण माग गरेको बताउनु भयो । आफू मेयरमा विजयी भएपछि बेरोजगारलाई रोजगार, ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ र खुल्ला ठाउँहरु बनाउने सपनालाई साकार पार्ने प्रतिवद्धता गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले महानगरमा जितेपछि व्यवस्थापनलाई चुनौति ठानेर त्यसको व्यवस्थापनलाई जोड दिने बताउनु भयो । विगतका राम्रा कामलाई निरन्तरता र अव्यवस्थित शहरलाई व्यवस्थित र स्वच्छ बनाउने संकल्पसहित आफू चुनावमा होमिएको बताउनु भयो ।

मेयरकी प्रत्यासी सिंहले भन्नुभयो, ‘मतदाताहरुको ठूलो अपेक्षा छैन । उहाँहरुले सानोतिनो अपेक्षा राख्नुभएको छ । फोहोरको व्यवस्थापन, सडकको, खाल्डाखुल्डी, धुलोरहीत, प्रदूषण कम हुने, ट्राफिकको अस्तव्यस्त, पानी धारामा आइदेओस्, ढलको व्यवस्थापन, नदीनाला सफा होस्, उहाँहरुको बेसिक त्यही छ ।

कति महिला दिदिबहिनीहरु बेरोजगार हुनुहुन्छ । ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ चाहिएको छ । खुल्ला ठाउँहरु पार्कआदि बनिदेओस् भन्ने छ । ठूला अपेक्षा के गर्नुभएको छैन । मैले महानगरको जिम्मेवारी पाएपछि यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौति देखेको छु । मैले यसलाई चुनौतिको रुपमा लिएकी छु । काम गरेर देखउँछु भन्ने विश्वास छ । पहिलाकोले के गर्नूभयो के भएन भन्दापनि उहाँले गर्नुभएका राम्रा चिजहरुलाई निरन्तरता दिनेछु । अरु अस्तव्यस्त केही भएको छैन नि काठमाडौं त यसलाई चुनौतिको रुपमा लिएर काम गरेर देखाउँछु ।’

आफू मेयर भएपछि पार्टीको घोषणा पत्र र आफ्नो संकल्प पत्रमा टेकेर काम गर्ने उहाँको चाहना छ । उहाँले गणेशमान परिवारसँग जोडिएरै महानगरको प्रमुखमा उठाइएको भन्ने कुरा आफूमा कुनै हालतमा लागू नहुने बताउनु भयो । आफूले १७ वर्षको उमेरमा नै विभिन्न राजनीतिक कार्यक्रमहरुको अगुवाइ गरेको र प्रजातन्त्रका लागि सहभागी बनेको र जेल जीवन पनि भोगिसकेकोले बिना तथ्य र झुटो आरोप लगाउने काम अन्य राजनीतिक दलका नेताहरुले गरेको उल्लेख गर्नुभयो ।

उम्मेदवार सिंहले आफ्नो परिवारले आजसम्म भ्रष्टाचार र सामाजिक विचलनका काम नगरेकोसमेत दाबी गर्नुभयो । राजनीतिक गतिविधमा बाहिरी रुपमा सक्रिय नभए पनि २०३६ साल यता नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकारमा रहेको बताउनु भयो ।

मेयरकी उम्मेदवार सिंहले भन्नुभयो, ‘महानगरका काम कारबाहीलाई अघि बढाउन पार्टीको घोषणापत्र छ, साथै मेरो पनि संकल्प पत्र छ । त्यो घोषणामा टकेर काम गर्छु । त्यसलाई अघि बढाउन मैले जनाएका प्रतिवद्धता सबै काठमाडौं महानगरवासीको अगाडि राखिसकेको छु, त्यसलाई अगाडि बढाउँछु ।

मैले विवाह हुनपूर्व नै राजनीति शुरु गरेकी थिएँ । देशको लागि प्रजातन्त्र ल्याउनको लागि जुलुसको नेतृत्व गर्दै, पुलिसको लाठी खाँदै हिरासतमा बसिसकेको छु । यतातिर जोडेर मलाई हेर्न सुहाउँदैन । तर मलाई त्यो परिवारको सदस्य हुनुमा गर्व छ ।

किनभने उहाँहरुले देशको लागि रैतिबाट नागरिक बनाउन पहल गर्नुभयो । मेरो परिवारले यो देशमा कहिल्यै पनि भ्रष्टाचार गरेका छैन । मेरो परिवारले आजसम्म यो देशमा सामाजिक विचलन आउने काम गरेको छैन । मलाई विरासतको जुन आरोप लगाइएको छ त्यो मेरो बारेमा मिल्छ जस्तो लाग्दैन । मैले पद नलिकन, पार्टीको काम गरिरहेकी छु । म २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समितिको जिल्ला अध्यक्ष भएर गोराखा जिल्ला हाँकेको मान्छे हो । आजको दिनसम्म म नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार नै छु । मेरो आफ्नै योगदान छ ।’

उहाँका अनुसार सिंह परिवारलाई अधिकांश काठमाडौंवासीले विश्वास गर्छन् । त्यसैले पनि यसपटक महानगरको मेयरमा आफू विजयी बन्नेमा शंका नरहेको बताउनु भयो । न्युज एजेन्सीसँग कुरा गर्दै उहाँले देशको राजधानीमा अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न नसकेको गुनासो गर्नुभयो ।

आफू मेयर भएपछिका दिनमा प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउने, ज्येष्ठ नागरिक, बेसहाराहरुका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्ने, तत्काल राहत र उद्धार गर्ने टोली बनाएर महानगरवासीको सेवा गर्ने घोषणा गर्नुभयो ।

‘मेरो परिवार काठमाडौंका सबैले विश्वास गर्ने परिवार हो । काठमाडौं मेरो घर हो । म यहाँको रितिस्थिति, बाजागाजा, चालचलन, सभ्यता सबैसँग परिचित छु । राजधानी भनेर के गर्नु अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यसैले म प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउनेछु ।’

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, बेसहाराहरुका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्नेछु । त्यति मात्रै होइन, क्विक रेस्पोन्स टिम राख्छु । त्यसले अपारधजन्य घटनाहरु पनि वडामा हुन नदिने र फोहोरहरु फाल्नेलाई तत्काल कारबाही गर्ने योजना बनाएको छु ।’

गठबन्धनबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवार दिएकी सिर्जनलाई जित्नभने भनेजति सहज छैन । किनभने यसअघि नेकपा एमालेको तर्फबाट विद्यासुन्दर शाक्यले महानगरमा जित निकालेको विगतलाई बिर्सन मिल्दैन । त्यसमा पनि अहिले एमालेले मेयरमा अब्बल काम गरेर नाम स्थापित गराएका स्थापितलाई उम्मेदवार बनाएको छ । साथै सिंह आफैँमा अनुभवरहीत उम्मेदवार हुन् ।

त्यसमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा प्रतिष्पर्धा गरेका प्रकाशमान सिंहले अन्तिममा काँग्रेस सभापति शेरबहादुर देउवालाई गरेको समर्थनले पनि कतिपय महानगरवासी काँग्रेसीहरु नेता सिंहसँग रुष्ट देखिन्छन् । त्यसको असर पनि सिर्जना सिंहमा पर्ने देखिन्छ ।

यदी महानगरमा जित निकालेको खण्डमा पनि उनले अघिल्ला सरकारले गरेका कामहरुबाट असन्तुष्ट नागरिकलाई सन्तुष्ट बनाइ काठमाडौं महानगरमा देखिएका समस्याको समाधान गर्नुपर्ने चुनौति छ । साथै पारिवारिक विरासतबाट आएको भन्ने आफूमाथि लगाइएको कलंकलाई चिर्न र महिलाहरुले स्थान पाए काम गरेर देखाउँछन् भन्ने कुराको प्रमाणित गर्दै यसअघिका जनप्रतिनिधिहरुले दुःखाएको सर्वसाधारणको मनलाई मल्हम लगाउनु पर्नेहुन्छ ।

त्यसमा सिंह खरो उत्रिएर आफूलाई सक्षम र अब्बल साबित गर्नेछिन् वा पुरानै राजनीतिकर्मीहरुको वाचा र प्रतिवद्धतालाई निरन्तरता दिनेछिन् त्यो भविष्यको गर्भमा नै सिमित छ ।