१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको पालुङटारमा एमाले र जसपाबीच तालमेल



अ+ अ-

गोरखा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

त्यस्तै सोही नगरपालिकाको नगर उपप्रमुख पदमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने दुवै दलबीच सहमति भएको छ ।

मङ्गलबार भएको सहमतिबमोजिम वार्ड तहमा वडा नं ६, ७ र १० मा एमालेका उम्मेदवारलाई र वडा नं ४ र ५ मा जसपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । दुवै दलबीच जिल्लाका अन्य पालिका र वडाहरुमा पनि एकापसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।