• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

जे भन्छौँ, पूरा गरेरै छाड्छौँ– देउवा



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

उहाँले नेपाली कांग्रेसलाई भोट माग्दै नेपाली कांग्रेसले मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताउनुभयो ।

मंगलबार एक अपिल जारी गर्दै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा पुनः एक पटक इँटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको भन्दै स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अरु कुरा गर्छन्, हामी काम गर्छौं । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।”

संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको उहाँले दावी गर्नुभयो । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै सभापति देउवाले गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार रहेको बताउनुभयो ।