६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुल बत्तिले झकिझकाउ पशुपति परिसर (भिडियाे /फोटो फिचर)



अ+ अ-

काठमाडाैं । महाशिवरात्रीका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलीमिली बत्तीहरुले झकिझकाउ बनाइएको छ ।  साधु सन्तहरुको उपस्थिती पनि उल्लेख्य मात्रमा रहेको छ । शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबा आईपुगेका छन् ।

यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।  यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनु भयो । शिबरात्रीको दिनमा  १० लाख दर्शनार्थीहरुले  पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले  गरेको छ ।