३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूले मात्र जित्ने सपना नदेखौँ, टिमलाई पनि जिताऔँ– प्रकाशमान सिंह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कसैले पनि आफूले मात्र जित्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभामा उहाँले आफूले मात्र चुनाव जित्ने सपना नपाली टिमलाई नै जिताउनका लागि मत मात्र आग्रह गर्नुभयो ।

बहुदलअन्तर्गतको निर्वाचन भएकाले मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यहरुले आफूलाई मात्र भोट नमागी टिमलाई नै जिताउने गरी मत माग्न प्रचार प्रसार गर्नुपर्ने उहाँको भनाइ थियो ।

सबैलाई मिलाएर नेपाली कांग्रेसले संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै नेता सिंहले यसले पनि गठबन्धनको औचित्य रहेको प्रमाणित गरेको स्पष्ट गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उम्मेदवारी दिएका छन् । नगर प्रमुखमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसनी दानीले उम्मेदवारी दिएका छन् ।