काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ मा गएराति चितुवाले एक कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र पसेर २१ वटा खसी बाख्रा मारिदिएको छ। फार्म सञ्चालक चन्द्रकान्त पौडेलको फार्मभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको उनले बताएका छन् ।
त्यति धेरै क्षति कम्तीमा दुई तीन वटा चितुवाले गरेको अनुमान फार्म सञ्चालक पौडेलले गरेका छन् । पौडेलले एक महिना अगाडिमात्रै बाख्रा त्यो खोरमा सारेको बताए। खोरदेखि उनको घरको दूरी करिब तीन सय मिटरमा रहेको छ ।
पौडेलका अनुसार झन्डै तीन लाख बराबरको खसी बाख्रा चितुवाले मारेको छ ।