• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ: मन्त्री आले



dGqL cfn] – ;Daf]wg 8f]6L, @^ j}zfv . g]skf -PsLs[t ;dfhjfbL_ sf kf]ln6Jo”/f] ;b:o k|]daxfb’/ cfn] g]skf -dfcf]jfbL s]Gb|_ / g]skf -PsLs[t ;dfhjfbL_ kf6L{n] ;f]daf/ 8f]6Lsf] hf]/fon ufpFkflnsf–$ l;lnªafudf cfof]hgf u/]sf] a[xt ;efdf ;Daf]wg ub}{ . t:jL/ M ljdnaxfb’/ lji6, /f;;

डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ ।

नेकपा ९माओवादी केन्द्र० तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उहाँको भनाइ थियो ।

मन्त्री आलेले भन्नुभयो, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।” गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उहाँले सबैमा आग्रह गर्नुभयो । रासस