११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीले नै आफ्नो प्रदेशको नाम भुलेपछि …



अ+ अ-

काठमाडौं ।एक मुख्यमन्त्रीले आफ्नै प्रदेशको नाम विर्सिएका त होइनन् भन्ने आभास उनको विज्ञप्ति हेर्दा भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतद्धारा आज मंगलबार जारी विज्ञप्तिमा त्यस्तै देखिएको छ ।

उनले आज सीता जयन्तीको शुभकामना विज्ञप्ति प्रकाशन गरेर दिएका छन् । माता जानकीका नामबाट पनि चिनिने सीता माताको जन्मस्थल जनकपुर यसै प्रदेशमा पर्ने भएकाले मधेश प्रदेशका मुख्यमन्त्रीले शुभकामना दिनु अत्यन्तै सान्दर्भिक हो । उनले राम्रो काम गरेका छन् ।

तर उनले आफैले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा भने मधेश प्रदेश नभनेर २ नम्बर प्रदेश भन्ने उल्लेख छ । उनले एक वाक्यमा सो उल्लेख गरेका छन् ।

सायद यो प्रदेशको नामकरण धेरै पछि भएर उनी झुक्किएका पनि हुनसक्छन् । तर यो ओहोदाको व्यक्तिले जारी गर्ने सूचना या विज्ञप्तिप्रति सम्बद्ध व्यक्ति आफैँ र उनको सचिवालय पनि सजग भइदिए राम्रो हुने हो ।