१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा



अ+ अ-

पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बन्नुभएको छ । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिनुभएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिनुभएकी विष्णुमाया लुङ्चे उम्मेदवार बन्नुभएको छ । राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत रहनुभएको थियो ।

पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजिनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएको हो । रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ ।